Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकार परिस्थितिको उपज हो - उपप्रधानमन्त्री सिंह

वर्तमान सरकार परिस्थितिको उपज हो - उपप्रधानमन्त्री सिंह

  • शनिवार, चैत्र २ २०८१

  • 406
    SHARES

  • वर्तमान सरकार परिस्थितिको उपज हो - उपप्रधानमन्त्री सिंह

    काठमाडौ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सङ्कटबाट जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताउनुभएको छ ।
    नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा उहाँले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको र त्यो परिस्थितिको उपज भएको बताउनुभयो ।
    देश सङ्कटोन्मुख हुँदा सधैँ नेपाली कांग्रेसले अग्रपङ्तिमा रहेर काम गरेको उल्लेख गर्दै उहाँले सङ्कटबाट देशलाई जोगाउन एमालेसँग गठबन्धन गर्नुपरेको बताउनुभयो । जनताले परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
    यस्तै उहाँले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको स्पष्ट पार्नुभयो । राजावादीका गतिविधि बढे पनि राजतन्त्रका बारेमा कुरा गर्नुको कुनै औचित्य नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरूबीच एकता हुनुपर्ने उहाँको भनाई थियो ।


    शनिवार, चैत्र २ २०८१०२:११:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij