Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारलाई प्रचण्डको आग्रह

शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारलाई प्रचण्डको आग्रह

  • शनिवार, चैत्र २ २०८१

  • 428
    SHARES

  • शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारलाई प्रचण्डको आग्रह

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
    विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताउनुभयो ।

    उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिने बताउँदै अधयक्ष दाहालले शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

    शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउनुभयो । देशको समृद्धिको मुख्य आधार शिक्षा नै भएकाले माग सम्बोधनमा गम्भीर हुन सरकारलाई आग्रह गरेको उहाँको निजी सचिवालयले जनाएको छ ।


    शनिवार, चैत्र २ २०८१०१:३१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij