Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सरकार पूर्ण रुपमा असफल भइसक्योः राजेन्द्र पाण्डे

सरकार पूर्ण रुपमा असफल भइसक्योः राजेन्द्र पाण्डे

‘कुनै पनि हालतमा राजा फर्किदैँनन्’
  • शनिवार, चैत्र २ २०८१

  • 680
    SHARES

  • सरकार पूर्ण रुपमा असफल भइसक्योः राजेन्द्र पाण्डे

    काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकारले आठ महिना बितिसक्दा पनि देखिने काम केहि नगरेको बताउनुभएको छ ।

    संसदका दुई ठुला दल कांग्रेस र एमालेको समिकरणमा बनेको सरकार पूर्ण रुपमा असफल देखिएको पूर्वमन्त्रीसमेत रहनुभएका नेता पाण्डेको दाबी रहेको छ ।

    मुलुकमा महंगी झन् बढिरहेको, भ्रष्टाचार चरमबिन्दुमा पुगेको आरोप लगाउँदै उहाँले यी सबै प्रकरणमा मन्त्रीदेखि लिएर उच्चपदस्थ व्यक्तिहरु नै जोडिएको समेत टिप्पणी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले दुई तिहाइको सरकार एउटा कुलमानलाई कसरी हटाउनेभन्नेमै केन्द्रित रहेर स्पष्टिकरण मागेको माग्यै गरेको आरोप लगाउनुभयो ।

    यस्तै नेता पाण्डेले आफ्नो पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेकोसमेत बताउनुभएको छ । सुशासन कायम गर्न र अन्य समस्या समाधानका मागसहित पार्टीले आन्दोलन शुरू गरेको उहाँले बताउनुभयो ।

    पार्टीले आन्दोलनका कार्यक्रमअन्तर्गत पार्टीभित्र छलफल, सुझाव सङ्कलनसहित चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

    यस्तै अर्को प्रसंगमा नेता पाण्डेले राप्रपाले पूर्व राजालाई फर्काउन चाहेको कुरा पूरा हुनै नसक्ने स्पष्ट पार्नुभयो । एक सिस्टमले हटाइएका राजा अब नफर्किनेसमेत उहाँको भनाइ छ । राजा फर्काउन गरिरहेको आन्दोलन अगाडि नबढाउन र छोड्दिन नेता पाण्डेले राजावादीहरुलाई आग्रह गर्नुभएको छ ।


    शनिवार, चैत्र २ २०८११२:२१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij