Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक

कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक

  • शनिवार, चैत्र २ २०८१

  • 803
    SHARES

  • कांग्रेस कोषाध्यक्ष  उमेश श्रेष्ठलाई मातृशोक

    काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पूर्व स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ ।

    श्रेष्ठकी आमा लिलादेवि श्रेष्ठको हिजो (शुक्रबार) ८९ वर्षको उमेरमा ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    अन्त्येष्टिअघि स्वर्गिय श्रेष्ठको पार्थिव शरीरलाई शवलाई अन्तिम श्रदान्जलीका लागि अहिले १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निवासमै राखिने पारिवारिक श्रोतले जनाएको छ ।

    आजै दिउँसो २ बजे उहाँको अन्तिम संस्कार गरिने छ । ४ छोरा र १ छोरीमध्य जेठो छोरा उमेश श्रेष्ठले नेपालका एक व्यवसायी एवं राजनीतिज्ञ तथा शिक्षाविद् हुनुुहुन्छ ।

    नेपाली कांग्रेसले शोक वक्तव्य जारी गरेको छ ।

    चैत्र २, २०८१
    शोक वक्तव्य
    नेपाली कांग्रेसका कोषाध्यक्ष एवं पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको ममतामयी माता ८९ वर्षीया लीलादेवी श्रेष्ठको हिजो काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भयो । उहाँको पार्थिव शरीरलाई आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । स्वर्गीय श्रेष्ठको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ ।
    उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
    डा. प्रदिप पराजुली
    का.वा.मुख्य सचिव
    484812744_1214262623394656_8693953444713005375_n.jpg
     
     


    शनिवार, चैत्र २ २०८१०९:५६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij