Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

माओवादीको मुख्यालयमा शिक्षकको धर्ना

माओवादीको मुख्यालयमा शिक्षकको धर्ना

  • शुक्रवार, चैत्र १ २०८१

  • 417
    SHARES

  • माओवादीको मुख्यालयमा शिक्षकको धर्ना

    काठमाडौं । आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाँमा धर्ना दिएको छ ।

    दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आफूहरूको माग पुरा गर्नका लागि दबाब दिने उद्देश्यले शुक्रबार माओवादी पार्टी कार्यालयमा धर्ना दिएको हो ।

    सरकारले आफूहरूसँग यसअघि गरेका सहमति कार्यान्वयन गर्दै त्यसका आधारमा संसद्को चालू अधिवेशनबाटै विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने आफूहरूको माग रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।

    शिक्षाको विकासमा सरकारको कुनै ध्यान जान नसकेको उनको भनाइ छ । उनले आफूहरूको माग पुरा गर्न सरकारलाई बाध्य पार्ने चेतावनी दिनुभयो । दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ ।

    त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ छ । अब सरकारसँग कुनै वार्ता नगर्ने र यसअघि भएका सहमति कार्यान्वयनका लागि दबाब दिने अध्यक्ष सुवेदीले बताउनुभयो ।


    शुक्रवार, चैत्र १ २०८१०५:४०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij