Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

हिन्दुराष्ट्रको पुनर्स्थापना कसैले रोक्न नसक्ने राजेन्द्र लिङ्देनको दावी

हिन्दुराष्ट्रको पुनर्स्थापना कसैले रोक्न नसक्ने राजेन्द्र लिङ्देनको दावी

  • शुक्रवार, चैत्र १ २०८१

  • 405
    SHARES

  • हिन्दुराष्ट्रको पुनर्स्थापना कसैले रोक्न नसक्ने राजेन्द्र लिङ्देनको दावी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले देश अहिले चौबाटोमा पुगिसकेको भन्दै अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई कसैले रोक्न नसक्ने दावी गर्नुभएको हो ।
    उहाँले भीडले नेताहरूलाई विस्थापित गरेर वा राजनीतिक दलहरूको बीचमा सहमति कायम गरेर राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापना हुने भन्दै आफूहरू दल सबै अटाउने प्रजातन्त्रसहिको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गर्नुभयो । लिङ्देनले राजसंस्था र प्रजातन्त्र एक–अर्काको विकल्प हो भन्ने भ्रम फैलाएर समाजलाई विभाजित गर्ने प्रयास भएको उल्लेख गर्दै राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प नभएको धारणा राख्नुभएको छ ।
    पूर्वराजाको स्वागतमा आफूहरूले अहिलेसम्मै ठूलो जनसागर देखेको बताउँदै उहाँले केहि सञ्चारमाध्यमले पूर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको बताउनुभयो । अहिलेको अवस्थामा सञ्चारजगत पूवाग्राही बन्न नहुने र देशको परिवर्तनको यात्रालाई अन्देखा गरेर देशलाई दुर्घटनार्फत लैजान दिन नहुने उहाँको भनाई छ ।


    शुक्रवार, चैत्र १ २०८१०५:१६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij