Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चाले चैत्र १५ गते बृहत जनसभा गर्ने

समाजवादी मोर्चाले चैत्र १५ गते बृहत जनसभा गर्ने

  • शुक्रवार, चैत्र १ २०८१

  • 333
    SHARES

  • समाजवादी मोर्चाले चैत्र १५ गते बृहत जनसभा गर्ने

    काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ ।

    आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताउनुभयो । १५ गतेको वृहत् प्रदर्शनलाई भव्य बनाउनका लागि हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको उहाँले बताउनुभयो ।

    संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको विश्वकर्माले बताउनुभयो ।

    यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि भएको छ ।

    यसैबीच नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। पत्रकार सम्मेलन गरेर महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यक्रम घोषणा गर्नुभएको हो । रोजगारी र सुशासनका लागि नेकपा एसले देशको समस्या समाधान गर्नको लागि पार्टीले आन्दोलन शुरु भुसालले जानकारी दिनुभयो ।


    शुक्रवार, चैत्र १ २०८१०२:२८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij