Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

  • शुक्रवार, चैत्र १ २०८१

  • 552
    SHARES

  • प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनुभएको छ । बैठक आज अपरान्ह ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा पछिल्लो समय बढिरहेको राजावादी दल र समूहको गतिविधि, संविधान संशोधन तथा सदनमा प्रस्तुत गर्न लागिएका केही विद्येयकहरूबारे छलफल गर्ने तयारी छ ।

    राजनीतिक संयन्त्रमा नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।

    यस्तै नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । तर परराष्ट्रमन्त्री राणा भने अहिले भारत भ्रमणमा छिन् ।

    सरकारले गत पुसमा जारी गरेका ५ वटा अध्यादेश संसद्बाट पारित भइसकेका छन् । अब तिनलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित हुनेछन् । तर गत माघमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको भूमि संशोधनसम्बन्धी अध्यादेश भने अड्किएको छ । जनता समाजवाद पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सकारात्मक नहुँदा उक्त अध्यादेश संसद्मा लगिएको छैन । अरू पाँचवटा अध्यादेश राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैबाट पारित भइसकेका छन ।

    अड्किएको भूमिसम्बन्धी अध्यादेशबारे पनि यो संयन्त्रको बैठकमा छलफल गर्ने तयारी छ । संयन्त्रको निर्णयबाटै अन्य पाँच अध्यादेश पास भएको अवस्थामा भूमिसम्बन्धी पास गर्ने रणनीति दुई दलले बनाउँदैछन् ।


    शुक्रवार, चैत्र १ २०८१०२:१९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij