काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकारलाई राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सुझाव दिनुभएको छ।
सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विधेयक ल्याउने तयारी गरेको भन्दै उहाँले सरकारलाई राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सुझाव दिनुभएको हो ।
नेपाली कांग्रेसका सांसद खतिवडाले सामाजिक सञ्जाल एक्समा ‘राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्नुपर्ने भन्दै पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताउनुभएको हो ।
उहाँले सरकारले बेमौसमी बाजा बजाउन नहुने पनि उल्लेख गर्दै पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कुरा बेमौसमी बाजा बजाई हुने बताउनुभयो ।