Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एक हजार ६६९ कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

एक हजार ६६९ कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

  • आइतवार, मंसिर ७ २०७७

  • 477
    SHARES

  • एक हजार ६६९ कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार सय ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित लाइभ अपडेटमा उक्त जानकारी दिनुुभएको हो । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९९ हजार २४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३२१ पुगेको छ ।

    यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नभएको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको हो ।


    आइतवार, मंसिर ७ २०७७०५:०५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij