Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

अन्तर–व्यवस्थापिका मञ्चको सात बुँदे घोषणापत्र प्रधानमन्त्रीलाई हस्तान्तरण

अन्तर–व्यवस्थापिका मञ्चको सात बुँदे घोषणापत्र प्रधानमन्त्रीलाई हस्तान्तरण

  • बुधवार, फाल्गुण २८ २०८१

  • 509
    SHARES

  • अन्तर–व्यवस्थापिका मञ्चको सात बुँदे घोषणापत्र प्रधानमन्त्रीलाई हस्तान्तरण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनबाट पारित सात बुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ । उक्त मञ्चको गत पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित सम्मेलनका निष्कर्षहरु आज प्रधानमन्त्री ओलीलाई सभामुख देवराज घिमिरेले हस्तान्तरण गर्नुभएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित हस्तान्तरण कार्यक्रममा सभामुख घिमिरेसँगै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयलगायतको सहभागिता रहेको थियो ।

    घोषणा पत्रमा संघीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूचीअन्तर्गत निर्माण गरिने कानुनको सन्दर्भमा तीन वटै सभाको परस्पर सम्बन्ध विकास गर्ने प्रतिबद्धता जनाइएको छ । यस्तै बन्न बाँकी कानुनको अध्ययन र पहिचान गरी संघीय संसदबाट कानुन निर्माण गर्न पहल गर्ने जनाइएको छ ।
    घोषणापत्रमा संसदीय विषयगत समितिको कामकारवाहीलाई प्रभावकारी बनाउने उद्देश्यले समन्वय र सहजीकरण गर्न सम्बन्धित नियमावलीमा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष तथा प्रदेश सभाका उपसभामुखको भूमिका स्पष्ट गर्न पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

    यस्तै कानुन कार्यान्वयन मापन एवं उत्तर विधायिकी परीक्षण कार्य सरकारसँग समन्वय गरी संघ र प्रदेशमा सुरु गर्ने र त्यसका लागि सम्बन्धित सभाका नियमावलीमा व्यवस्था गर्ने विषय पनि उल्लेख छ ।

    भेटका अवसरमा प्रधानमन्त्री ओलीले सबै सरकार र संसद्हरुबीच संविधानले गरेका प्रबन्धबमोजिम उचित समन्वय र सहकार्य अझै बढाउनुुपर्नेमा जोड दिँदै संघीय सरकारका तर्फबाट हुनुपर्ने समन्वय बढाउने बताउनुभयो । उहाँले संसदले सरकारसमक्ष बजेटसम्बन्धी प्रस्ताव गर्दा राज्यको आर्थिक हैसियतलाई विचार गरेर गरिदिनुपर्ने र सरकारका सम्बन्धित मन्त्रालयले पनि संसदको नेतृत्वले आवश्यकता ठानेर पठाइसकेका प्रस्तावलाई सहजरुपमा अघि बढाउनुुपर्ने बताउनुभयो ।


    बुधवार, फाल्गुण २८ २०८१०२:२२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij