Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

उद्योग क्षेत्र समृद्धितर्फ उन्मूख रहेको उद्योगमन्त्री भण्डारीको दाबी

उद्योग क्षेत्र समृद्धितर्फ उन्मूख रहेको उद्योगमन्त्री भण्डारीको दाबी

  • बुधवार, फाल्गुण २८ २०८१

  • 460
    SHARES

  • उद्योग क्षेत्र समृद्धितर्फ उन्मूख रहेको उद्योगमन्त्री भण्डारीको दाबी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्योग क्षेत्र यतिबेला समृद्धितर्फ उन्मूख रहेको बताउनुभएको छ। आज मेरो अटोले आयोजना गरेको अटोमोटिभ कनक्लेभ–२०८१ को उद्घाटन सत्रमा उहाँले आर्थिक सुधारका पक्षमा सरकार दृढताका साथ लागिपरेको उल्लेख गर्दै त्यसले उद्योग क्षेत्रलाई समृद्धिको बाटोमा ल्याइरहेको बताउनुभयो ।

    सरकारले निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाउँदै मन्त्री भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभएको छ । नयाँ बजेटको छलफल शुभारम्भ भएको जनाउँदै उहाँले उद्योग मन्त्रालयको नीतिगत सुधारका लागि र निजी क्षेत्रको सुधारका लागि अर्थ मन्त्रालयबाट बजेट माग गरिने बताउनुभयो ।

    मन्त्री भण्डारीले निजी क्षेत्रको समग्र विकासका लागि नीतिगत तथा अन्य विषयमा सुझावका लागि आह्वान समेत गनुृभएको छ । आफू उद्योगमन्त्रीका रुपमा रहँदासम्म उद्योग क्षेत्रको सुधारका क्षेत्रमा जतिसुकै नकारात्मक आलोचना गरिए पनि बिना कुनै स्वार्थ लागिपर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ।

    नेपालका उद्योगी तथा व्यवसायीले विभिन्न प्रहार झेल्नुपरेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगको उत्थानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताउनुभयो ।

     


    बुधवार, फाल्गुण २८ २०८१०१:१६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij