Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

  • बुधवार, फाल्गुण २८ २०८१

  • 461
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

    बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।

    सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, राजेन्द्र प्रसाद पाण्डे, प्रेम सुवाल र मीना तामाङबाट प्राप्त विरोधको सूचना पेस गर्ने सम्भावित कार्यसूची छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

    गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायत ११ वटा कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


    बुधवार, फाल्गुण २८ २०८१०९:४१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij