Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

संसद्को भूमिका प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपतिको जोड

संसद्को भूमिका प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपतिको जोड

  • मंगलवार, फाल्गुण २७ २०८१

  • 419
    SHARES

  • संसद्को भूमिका प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपतिको जोड

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

    अन्तर व्यवस्थापिका मञ्च, नेपालको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

    राष्ट्रपति पौडेलले कतिपय महत्वपूर्ण कानुनहरू बन्न नसकेको र संसद्मा जनताका जल्दा बल्दा समस्याहरूमा छलफल हुनुपर्ने जति हुन नसकेको भनेर गुनासो आइरहेको बताउनुभयो । संसद्को नेतृत्वकर्ताका हैसियतले यस्तो अवस्थालाई हटाएर संसद्लाई सार्वभौम जनताको आवाज मुखरित हुने थलोको रूपमा विकसित गर्न अग्रसरता र तत्परता आवश्यक रहेको उहाँको भनाई छ ।

    उहाँले संसद्ले प्रभावकारी कानुन निर्माण, बजेट निर्माण, नीति निर्धारण र जनताका आवाज बुलन्द बनाउने थलोका रूपमा आफूलाई उभ्याउनुपर्ने बताउनुभयो ।


    मंगलवार, फाल्गुण २७ २०८१०५:३६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij