Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधी सभामा आज कसले के भने !

प्रतिनिधी सभामा आज कसले के भने !

  • मंगलवार, फाल्गुण २७ २०८१

  • 352
    SHARES

  • प्रतिनिधी सभामा आज कसले के भने !

    काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गाराउनुभएको छ । आजको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै केसीले शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन नहुनु खेदजनक र निन्दनीय भएको भन्दै तत्काल सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराउनुभयो ।

    सरकारले पटक पटक गरेका सहमतिको पालना गर्दै तत्काल शिक्षकहरूसँग वार्ता र सम्वाद गर्न माग गर्दै उहाँले विद्यालय लय ऐन जारी गर्ने लगायत मागहरू समाधान गर्न आग्रह गर्नुभयो ।

    यस्तै नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले सरकारको कार्यशैलीका कारण राजावादीहरू सलबलाएको बताउनुभएको छ । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले सबैभन्दा राम्रो काम गरेको वर्ष विद्युत् प्राधिकरणका निर्देशन कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै आपत्ति जनाउनुभयो । सरकारले जनघाती काम गरेर चिहानको चपरीमुनि गएको राजसंस्था प्रेत बनेर सलबलाएको उहाको भनाई छ ।

    नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ? भनेर सरकारलाई प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले केही महिनाअघिको बाढीपहिरोबाट काठमाडौँ लगायतका क्षतविक्षत भएका स्थानको तत्काल पुनर्निर्माण गर्न माग गर्नुभयो ।

    यस्तै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन निष्पक्ष रूपमा हुनुपर्ने बताउनुभएको छ । उहाँले चैत ५ गते हुने निर्वाचनमा सरकारको छाया नपार्न समेत आग्रह गर्नुभयो ।

    यस्तै रास्वपाका सांसद मनिष झाले सात बुँदे सहमतिका आधारमा सत्तागठबन्धनका आधारमा सरकार बनेको २३९ दिन भए पनि सडकमा असन्तुष्टि बढ्दै गएको बताउनुभएको छ ।  सांसद झाले सरकारको रंगशालामा मान्छे कुट्ने, कुलमान लखेट्न खोज्ने, सहकारी पीडितलाई न्याय देऊ भन्दा रवि थुन्नमा नै व्यस्त भएकाले नागरिकमा निरासा बढेको बताउनुभयो ।

    त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गणतन्त्रवादी दलका नेताहरूलाई अहिलेबाटै लुक्ने ठाउँ खोज्न चेतावनी दिनुभएको छ ।प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै कार्कीले नेपालमा लेनिन र माओको भूत बोकेर हिँड्ने भन्दै कम्युनिष्ट पार्टीहरूलाई पनि कटाक्ष गर्नुभयो ।

    गुन २५ मा काठमाडौंका मात्रै मान्छे उत्रिएको बताउँदै उक्त भिड गणतन्त्रवादीकै कारण आएको पनि बताउनुभयो । साथै उहाँले सरकार जतिदिन सत्ताको लोभमा बसिरहन्छ, भिड त्यती नै बढ्दै जाने बताउनुभयो ।

     


    मंगलवार, फाल्गुण २७ २०८१०५:०२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij