काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता अनुसार जनताको पक्षमा संविधान संशोधन गरेर जानुपर्ने बताउनुभएको छ । आज कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुनी राजको स्थापना गर्नुपर्ने बताउनुभएकोे हो ।
न्यायोचित कानुन बनाएपछि मात्रै कानुनी राज स्थापना हुने भन्दै उहाँले त्यसका लागि कानुनहरू सशेधान गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सभामा बोल्दै उहाँले अहिले केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो । वर्षौदेखी सम्पन्न नभएका असाधारण काम सम्पन्न गरेको दाबी गर्दै उहाँले विकास निर्माणका हिसाबमा दूरगामी दृष्टिकोण प्रस्तुत गरेको र सिङै नेपाल सुशासन युक्त संवृद्ध बनाउने दिशामा उन्मुख रहेको बताउनुभयो ।
आफूहरू गरिबी हटाउन मात्रै नलागेर समृद्ध बनाउन लागि परेको प्रधानमन्त्रीकको भनाई छ । शिक्षा स्वास्थ्य रोजगारी वातावरण र विकासको क्षेत्रमा आफ्नो सरकारले काम गरेको भन्दै उहाँले रोजगारीका लागि सबैले उद्यमशीलतामा लाग्न आवश्यक रहेको बताउनुभयो ।