Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

राजावादीहरू उचाल्ने काममा प्रचण्डको हात हुन सक्ने एमालेको आशंका

राजावादीहरू उचाल्ने काममा प्रचण्डको हात हुन सक्ने एमालेको आशंका

  • मंगलवार, फाल्गुण २७ २०८१

  • 400
    SHARES

  • राजावादीहरू उचाल्ने काममा प्रचण्डको हात हुन सक्ने एमालेको आशंका

    काठमाडौं । प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद गोकर्ण विष्टले राजावादीहरू उचाल्ने काममा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको हात हुन सक्ने भन्दै प्रश्न गर्नुभएको छ ।

    एमाले सचिवसमेत रहेका विष्टले प्रतिनिधि सभाको विशेष समयमा बेल्दै प्रचण्डले विचौलियालाई नजिकबाट चिनेको हो कि भन्ने आंशका गर्नुभयो । उहाँले प्रतिगामी शक्तिलाई मलजल गर्नेगरी प्रचण्डले अभिव्यक्ति दिएको विष्टको भनाई छ ।

    सरकारको प्रयत्नलाई प्रतिपक्षी नेताले बारम्बार असंवैधानिक भनेर भनिरहेको भन्दै विष्टले सरकारबाट बाहिरिनेबित्तिकै कसरी नेपाल रावण राज्यमा परिणत भयो ? भनेर प्रश्न समते गर्नुभयो । प्रचण्डले देशमा निराशा र वितृष्णा पैदा गर्ने गरी अभिव्यक्ति दिइरहेको र प्रतिगामी शक्तिलाई मलजल गर्ने गरी अभिव्यक्ति दिई रहेको विष्टले आरोप समेत लगाउनुभयो ।

    सत्तामा रहँदा एउटा कुरा गर्ने र बाहिर हुँदा अर्को कुरा गर्ने प्रवृत्ति सच्चाउनुपर्ने र जनताप्रति इमानदार रहन प्रतिपक्षी दलले ठिक ढंगले भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।


    मंगलवार, फाल्गुण २७ २०८१०३:३८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij