Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

आफु हुँदा सबै ठिक, आफु नभए सबै बेठिक भन्ने भ्रम नपाल्न प्रचण्डलाई गगनको सुझाव

आफु हुँदा सबै ठिक, आफु नभए सबै बेठिक भन्ने भ्रम नपाल्न प्रचण्डलाई गगनको सुझाव

  • मंगलवार, फाल्गुण २७ २०८१

  • 584
    SHARES

  • आफु हुँदा सबै ठिक, आफु नभए सबै बेठिक भन्ने भ्रम नपाल्न प्रचण्डलाई गगनको सुझाव

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजावादी सडकमा आउनुको कारणमा सबै सरकार मात्रै दोषी नभएको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    आफू हुँदा मात्रै सबै म ठिक, तर आफू बाहिरिएपछि सबै बेठिक भयो भन्ने हाँस्यास्पद कुरा नगर्न आग्रह गर्दै उहाँले सबै आरोप सरकारलाई मात्रै लगाएर नपन्छिन आग्रह गर्नुभयो ।

    प्रतिपक्षले प्रश्न गर्ने हो तर म हुँदा ठिक थियो म नहुँदा गयो, सबै बिग्रियो भन्ने खालको भाष्य सिर्जना गर्नु उचित नभएको बताउँदै थापाले माओवादी अध्यक्ष प्रचण्डलाई आफुबाहेक अरु कसैले राम्रो गर्न सकेनन भन्न भ्रम नपाल्न सुझाव दिनुभयो ।

    त्यसैगरी सांसद गगनकुमार थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने बताउनुभएको छ । जनताको असन्तुष्टिभित्र आक्रोश रहेको र जनातको आक्रोसलाई नजरअन्दाज गर्न नहुने थापाको भनाई थियो । यहाँ केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार नेतृत्वले राख्न नहुने भन्दै उहाँले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने बताउनुभयो ।

    २०६२-०६३ को जनआन्दोलनमा साथ दिएको नागरिक पंक्ति पनि यतिबेला असन्तुष्ट रहेकोले नेतृत्वले अव सुध्रिनु पर्ने र जनताको कुरा सुनेर अघाडी बढ्नु पर्ने बेला आएको बताउनुभयो ।


    मंगलवार, फाल्गुण २७ २०८१०३:२०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij