Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

पूर्वराजालाई लोकतन्त्रभित्रै अधिकार खोज्न प्रचण्डको आग्रह

पूर्वराजालाई लोकतन्त्रभित्रै अधिकार खोज्न प्रचण्डको आग्रह

  • मंगलवार, फाल्गुण २७ २०८१

  • 364
    SHARES

  • पूर्वराजालाई लोकतन्त्रभित्रै अधिकार खोज्न प्रचण्डको आग्रह

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रभित्रै अधिकार खोज्न आग्रह गर्नुभएको छ ।

    आज प्रतिनिधि सभामाको बैठकमा विपक्षी दलको नेताको हैसियतमा बोल्दै उहाँले पूर्वराजा शाहलाई राजसंस्था पुनस्र्थापनाको गलत बाटोमा नजान आग्रह गर्नुभयो ।

    लोकतन्त्र जति प्रचण्डको हो, त्यति नै ज्ञानेन्द्र शाहको पनि भएको बताउँदै प्रचण्डले लोकतन्त्रले दिएको अधिकारको गलत प्रयोग गरी संविधान उल्ट्याउन नखोज्न चेतावनी दिनुभयो । लोकतन्त्रका मूल्य मान्यता नमानेर असंवैधानिक बाटो रोजिए क्रान्तिले आफ्नो शक्ति देखाउँने समेत चेतावनी दिनुभयो ।

    उहाँले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको विगत सात महिनाको कुशासनको परिणाम राजावादीहरू सडकमा उत्रिएको आरोप समेत लगाउनुभयो । विश्वका कयौँ देशमा राजतन्त्र अन्त्य हुँदा काटिएको र मारिएको स्मरण गर्दै नेपालमा भने सम्मानजनक रुपमा नागरिकको हैसियत दिएर बिदा गरिएको बताउनुभयो ।

    बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सरकारले आफ्ना कार्यशैली नसुधारे सडकमा प्रतिक्रियवादीहरू अझै सलबलाउने भन्दै जनतामा सरकारप्रति वितृष्णा बढेकाले जनचाहानालाई उपेक्षा गर्न नहुने बताउनुभयो ।


    मंगलवार, फाल्गुण २७ २०८१०३:०८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij