काठमाडौं । प्रमुख सत्तारूढ नेकपा एमालेले संग्रहालयमा थन्किसकेको राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको विषय उठाउँदै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालले संग्रहालयमा थन्किएको राजतन्त्र फर्कन्छ भन्ने सपना नदेख्न चेतावनी दिनुभयो ।
बर्तौलाले संविधानको धारा १ मा र २ विरुद्ध पूर्वराजा ज्ञानेन्द्र शाह निस्किएको भन्दै राजाको शासनका बेला बज्ने राष्ट्रगान गाएर नेपालको राष्ट्रगानमाथि गम्भीर प्रहार गरिएकोसमेत बताउनुभयो ।
लोकतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै उहाँले संग्रहालयमा थन्किएको राजतन्त्रले फेरि पनि हुकुम माध्यमबाट देश चलाउँछु भन्ने सपना दिवा सपनामात्रै भएको बताउनुभयो ।