Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रचण्डले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रचण्डले सम्बोधन गर्ने

  • मंगलवार, फाल्गुण २७ २०८१

  • 360
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रचण्डले सम्बोधन गर्ने

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

    आज दिउँसो १ बजे बस्ने बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

    हिजो सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलले प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो ।

    प्रचण्ड माओवादी केन्द्रको तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं हुनुहुन्छ ।संसद्मा सहभागी रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका विभिन्न संघ–संस्थाहरुले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा गरेको गतिविधिले राजनीतिक वृत्त तरङ्गित भएको बेला प्रचण्डले संसदमा सम्बोधन गर्न लाग्नुभएको हो ।

    यस्तै, आजको बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइने छ । यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत सम्बन्धित अदालतको गठन सम्बन्धी सूचना टेबल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्त्पत्ति भएको आम सञ्चार विधयेक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्ने, वन तथा वातावरण मन्त्री ऐन बहादर शाह ठकुरीद्ये मेन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस भन्ने प्रस्ताव पेश गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी गरिएको कार्यसूचीमा उल्लेख छ ।


    मंगलवार, फाल्गुण २७ २०८१०९:३९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij