काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै माहोल नदेखेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले राजतन्त्रको पक्षमा माहोल नदेखिएको बताउनुभयो ।
आइतबार काठमाडौंमा राजावादीले गरेको प्रदर्शनबारे बोल्दै उहाँले कुनै राजा फर्किने बारे माहोल नभएको बताउनुभयो । साथै उहाँले दुई पार्टीबीच मिलेर बनेको सरकार ०८४ सम्म जाने र कुनै समस्या नभएको दाबी समेत गर्नुभयो ।