काठमाडौं । तराई–मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्किएका छन् । नेताहरु आज काठमाडौं आइपुगेको नेकपा माओवादी केन्द्रका सचिव देबेन्द्र पौडेलको बताउनुभयो ।
सचिव पौडेलका अनुसार अभियान ५ दिनका लागि अभियान रोकिएको छ । राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौँ फर्कँदै पूर्व राजा ज्ञानेन्द्र शाहका पक्षमा भइरहेका गतिविधीहरुलाई चुनौती दिनेभन्दै माओवादीले आफ्नो पूर्वनिर्धारित कार्यक्रम नै स्थगित गरेको हो ।
फागुन १२ गतेदेखि चैत ७ गतेसम्म तराई मधेसका जिल्लामा अभियान चलाउन जिल्ला पुगेको माओवादीले आइतबार बारा, पर्सा र चितवनमा कार्यक्रम गर्न लागेको थियो । जागरण अभियान चैत ७ गते कन्चनपुर पुगेर समापन गर्ने माओवादीको कार्य तालिका थियो ।
यसैवीच नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक सोमबार बिहान बस्ने बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाहरूको विषयमा छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा पछिल्लो समय मुलकमा सिर्जना भएको परिस्थिती तथा राजाबादीहरुले थालेका कदम लगाएतका विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ ।