Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

शिक्षक आन्दोलनः देशैभरबाट शिक्षक कर्मचारी काठमाडौं उतार्ने तयारी

शिक्षक आन्दोलनः देशैभरबाट शिक्षक कर्मचारी काठमाडौं उतार्ने तयारी

  • आइतवार, फाल्गुण २५ २०८१

  • 488
    SHARES

  • काठमाडौं। नेपाल शिक्षक महासंघको सडक संघर्ष निरन्तर जारी रहने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले आफूहरुसँग विगतमा भएको सहमति कार्यान्वयन गर्दै तत्काल विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने आफूहरुको माग पुरा नभएसम्म संघर्ष जारी राख्ने बताउनुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा आज पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै सुवेदीले संविधान आएको १० वर्ष भइसक्दा पनि ऐन जारी नहुनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । पेशाकर्मीले नै ऐन ल्याइदेउ भनेर आन्दोलन गर्नुपर्ने अवस्था आउनु राम्रो नरहेको उहाँको भनाई थियो ।

    अध्यक्ष सुवेदीले विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारीको हितका लागि ऐन अनिवार्य रहेको र त्यो ऐन तत्काल जारी हुनुपर्ने आफूहरुको एक शुत्रीय माग रहेको बताउनुभयो । राज्यले विगतमा भएका सहमति कार्यान्वयन नगरेर, शिक्षक, कर्मचारी, विद्यार्थी र विद्यालयको पक्षमा काम नगर्दिँदा चाहना नहुँदा नहुँदै पनि आफूहरु सडक आन्दोलनको बाटो रोज्न बाध्य भएको उहाँले सुनाउनुभयो ।

    विद्यार्थीको पढाइलाई असर नपर्ने गरी हिजो पहिलो चरणको आन्दोलन पूरा भएको बताउँदै उहाँले अब राजनीतिक दलको कार्यालयहरुमा धर्ना, अनशन र एसईई परीक्षा सकिएपछि देशभरीका सबै शिक्षक कर्मचारीलाई काठमाडौं उतारेर निरन्तर सडक आन्दोलन गरिने बताउनुभयो ।


    आइतवार, फाल्गुण २५ २०८११२:२८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij