Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

देशले राजा खोजिसक्यो,अरु विकल्प छैन : राप्रपा

देशले राजा खोजिसक्यो,अरु विकल्प छैन : राप्रपा

  • आइतवार, फाल्गुण २५ २०८१

  • 710
    SHARES

  • देशले राजा खोजिसक्यो,अरु विकल्प छैन : राप्रपा

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालमा वर्तमान व्यवस्थाले निकास दिन नसक्ने पुष्टि भैसकेको दाबी गरेको छ । उपाध्यक्ष ध्रुवबहादुर प्रधानले देशको वर्तमान व्यबस्थाले देश र जनताको अवस्था झन्झन् दयनिय बन्दै गएपछी आम जनमानसमा राजाको आवश्यकता महसुस हुँदै गएको जिकिर गर्नुभएको हो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै उपाध्यक्ष प्रधानले अहिलेको संविधानलाई केही परिवर्तन गरेर देशमा राजसँस्था ल्याउनुपर्ने राप्रपाको भनाई अहिलेको राजाप्रतिको आकर्षण र जनलहरलेसमेत पुष्टि गरेको बताउनुभयो ।

    राप्रपा संविधानविरोधी नभै अहिलेको व्यवस्थाविरोधी रहेको भन्दै उहाँले मुलुकको हित र अन्तराष्ट्रिय जगतमा नेपालको शाख खस्किँदै गएकोले त्यसको रक्षार्थ उभिन राजसँस्था मात्रै सक्षम हुने भएकोले देशले राजा खोजेको तर्क गर्नुभयो ।

    पूर्वराजाले गरेको आह्वानपछी आम जनमानसमा पनि देशको रक्षाका लागी एकठाउँमा आउनुपर्ने आवश्यकता महसुस गरेकोले अव राप्रपाले त्यसको नेतृत्व गर्ने बताउनुभयो। उहाँले आज राप्रपाले राजा पोखराबाट काठमाडौं फर्किने क्रममा विमानस्थलमा स्वागतका लागी कार्यक्तम आयोजना गरेको जानकारी दिनुभयो ।


    आइतवार, फाल्गुण २५ २०८१०७:२५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij