काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ ।
हिजो शनिबार साँझ राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपतिको कार्यालय शीतलनिवास पुग्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ।
उहाँहरूकाबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।