Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

गणतन्त्रवादी दललाई लिङ्देनको कटाक्ष - राजा होइन्, चुनाव लड्न हामी पर्याप्त छौ

गणतन्त्रवादी दललाई लिङ्देनको कटाक्ष - राजा होइन्, चुनाव लड्न हामी पर्याप्त छौ

  • शनिवार, फाल्गुण २४ २०८१

  • 519
    SHARES

  • गणतन्त्रवादी दललाई लिङ्देनको कटाक्ष - राजा होइन्, चुनाव लड्न हामी पर्याप्त छौ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष लिङ्देनले राजा भोट राजनीति भन्दा माथि रहने संस्था भएको बताएको बताउनु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिनुभएको थियो । उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन् ।

    सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले राजा भोटको राजनीति भन्दा धेरै माथिको संस्था भएको बताउनुभयो । अहिलेका नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको उहाँको भनाई थियो ।

    अध्यक्ष लिङ्देनले अहिलेका राजनीतिक दलहरू देशभित्रै युवाहरूले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताउँदै अहिलेका राजनीतिक दल र नेताहरूले ३५ वर्षको समयमा केही काम गर्न नसकेको जिकिर गर्नुभयो ।

    यस्तै अध्यक्ष लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गर्नुभएको छ । राप्रपाले आज काठमाडौंमा आयोजना गरेको जनसभामा बोल्दै उहाँले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गर्नुभयो ।

    मुलुकभरबाट सङ्कलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्न नसक्ने परिस्थिति सृजना हुन लागेकामा चिन्ता व्यक्त गर्दै उहाँले विदेशी दातृ निकायसँग ऋण लिनुपर्ने अवस्था उत्पन्न हुन लागेको बताउनुभयो ।

    एक दशक अघिसम्म मुलुकको बाह्य र आन्तरिक ऋण सात खर्बको हाराहारीमा रहेको बताउँदै उहाँले हाल त्यो रकम बढेर २६ खर्ब नाघेकामा चिन्ता व्यक्त गर्नुभयो ।


    शनिवार, फाल्गुण २४ २०८१०५:५६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij