Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन्- गृहमन्त्री लेखक

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन्- गृहमन्त्री लेखक

  • शनिवार, फाल्गुण २४ २०८१

  • 432
    SHARES

  • गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन्- गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ। ऋाज भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गर्नुभएको हो ।

    गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन सक्दैनभन्दै उहाँले लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने गृहमन्त्री लेखकले दाबी गर्नुभयो । राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै रहेको भन्दै उहाँले लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको बताउनुभयो ।

    समाज विकासको विज्ञानले समाज पछि फर्कँदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उहाँको दाबी छ । उहाँले पूर्व राजालाई शासन गर्न मन भएर चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिनुभयो ।

    यस्तै प्रसङ्गमा गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा गृहकार्य भइरहेको बताउनुभएको छ। सरकार गठन पूर्व नेपाली कांग्रेस नेकपा एमाले बिच भएको समझदारी अनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृहकार्य अघि बढेको र सबैको सहमतिमा संविधान संशोधन हुने गृहमन्त्री लेखकले बताउनु भएको छ।


    शनिवार, फाल्गुण २४ २०८१०२:४४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij