Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

‘एक घर, एक धारा’ अभियान अघि बढिरहेको खानेपानी मन्त्रीको दाबी

‘एक घर, एक धारा’ अभियान अघि बढिरहेको खानेपानी मन्त्रीको दाबी

  • शनिवार, फाल्गुण २४ २०८१

  • 383
    SHARES

  • ‘एक घर, एक धारा’ अभियान अघि बढिरहेको खानेपानी मन्त्रीको दाबी

    काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । आज मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्न सबै जुट्नु पर्ने बताउनुभयो ।

    खानेपानी मन्त्री प्रदीप यादवले ‘एक घर, एक धारा’ अभियानमार्फत् सरकारले सबै नागरिकसम्म स्वच्छ पानी पु¥याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिदैं सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको बताउनुभयो ।

    सोही कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजनाका लागि यस वर्ष ३५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भइ निर्माण कार्य सुरु हुने भएको जानकारी दिनुभयो ।


    शनिवार, फाल्गुण २४ २०८१०२:१९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij