Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

फेरी मुर्खता गरे राजाको अस्तित्व सकिने प्रचण्डको चेतावनी

फेरी मुर्खता गरे राजाको अस्तित्व सकिने प्रचण्डको चेतावनी

  • शनिवार, फाल्गुण २४ २०८१

  • 366
    SHARES

  • फेरी मुर्खता गरे राजाको अस्तित्व सकिने प्रचण्डको चेतावनी

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा ठूला–ठूला गलती गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले अब फेरि अर्को मुर्खता गरे अस्तित्व सकिने चेतावनी दिनुभएको छ।

    पहिले एकपटक मुर्खता गर्दा नेपाली जनताले कारबाहीको सट्टा उदारतापूर्वक आरामले बस्न दिएको भन्दै त्यसलाई कमजोरी ठानेर अर्को मुर्खता गरे अस्तित्व नै सकिने उहाँले चेतावनी दिनुभएको हो ।

    हुलाकी मार्गकेन्द्रित ‘जनतासँग माओवादी,तराई मधेस जागरण अभियान’का क्रममा आज गरुडामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उहाँले यदि ज्ञानेन्द्रलाई राजनीति नै गर्नुछ भने पार्टी खोलेर चुनावमा आउन सुझाव दिनुभएको हो ।

    यस्तै प्रचण्डले कुलमान घिसिङले सधैँ घाटामा रहेको संस्था विद्युत् प्राधिकरणलाई नाफामा ल्याएर देशमा लोडसेडिङ अन्त्य गरेको बताउनुभएको छ । देशमा राम्रो काम गर्ने मान्छेलाई सरकारले गरीखान नदिएको आरोवप लगाउँदै उहाँले कुलमानलाई जवरजस्ती सरकारले हटाउन खोजे नेपाली जनता चुप लागेर नबस्ने बताउनुभयो ।
    यसैबीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवन बदल्ने अभियानमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

    रौतहटको गरुडा नगरपालिका ५ ले सुरु गरेको विपन्न नागरिक सहयोग कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले विपन्न वर्गको उत्थानका निम्ति काम गर्नु सबै राजनीतिक दलको दायित्व भएको बताउनुभयो ।

    समाजवादका लागि जनताको आर्थिक सामाजिक रूपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट पार्टीहरू त्यसलाई हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

     


    शनिवार, फाल्गुण २४ २०८१०१:३३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij