Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पूर्वराजा शाहका गतिविधिले ठुला दल र सरकार त्रसित, हौसिँदै राजावादी दल र समुह, नियन्त्रणको विकल्प खोज्दै सरकार (खासखबर)

पूर्वराजा शाहका गतिविधिले ठुला दल र सरकार त्रसित, हौसिँदै राजावादी दल र समुह, नियन्त्रणको विकल्प खोज्दै सरकार (खासखबर)

  • शुक्रवार, फाल्गुण २३ २०८१

  • 975
    SHARES

  • पूर्वराजा शाहका गतिविधिले ठुला दल र सरकार त्रसित, हौसिँदै राजावादी दल र समुह, नियन्त्रणको विकल्प खोज्दै सरकार (खासखबर)

    काठमाडौं। पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना गतिवीधिहरु बढाउँदै लैजानु भएको छ । गत फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सार्वजनिक गरेको भिडियो सन्देशपछि उहाँका गतिविधि बढ्दै गएका हुन्।

    पूर्वराजाका गतिविधीपछी आम राजनैतिक दलहरुमा चिसो पसेको छ भने राजावादी दल र समुहहरु थप हौसिँदै गएका छन् । मुलःत राजतन्त्र पुनःस्थापनाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगै दुर्गा प्रसाईँ नेतृत्वको समुह र अन्य केही समुह बढी हौसिएका मात्रै छैनन् पूर्वराजाकै पक्षमा बल पुग्ने गतिविधिहरु पनि बढाउँदै लगेका छन् ।

    गत बुधबार मात्रै राप्रपा र प्रसाँई समुहले काठमाडौंमा गरेको बृहत मोटरसाइकल ¥यालीमा उल्लेख्य सहभागीता पाएपछी झनै हौसिएको राप्रपा अहिले दैनिकजसौ देशका विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएको छ। यसमा अन्य ठुला दलहरुकै केही नेता कार्यकर्ताहरु आकर्षीत देखिन्छन् ।

    यसले थप सशंकित बनेका अन्य ठुला दल र तिनका शिर्ष नेताहरूले सार्वजनिक रुपमै शाहप्रति चर्को कटाक्ष मात्रै गरेका छैनन् नियन्त्रणमै लिनुपर्नेसम्मका अभिव्यक्ति दिन थालेका छन्। अर्कातिर यो विषयले संसद बैठकमा समेत प्रवेश पाएको छ । पछिल्ला बैठकहरुमा सांसदहरुले यो विषयमा आवाज उठाउँदै आएका छन्।

    संसद बैठकमा कांग्रेस एमाले, माओवादी लगाएतका दलका सांसदले पूर्वराजा शाहका गतिविधि अराजक रहेका टिप्पणी गर्दा राप्रपाका सांसदहरु बचाउमा उत्रिएका छन्। केही दिन अघी यो विषयले प्रतिनिधी सभा बैठकमा कांग्रेस सांसद इश्वरी देवी न्यौपाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन्विच नोक झोक नै चलेको थियो ।

    यस्तै अहिलेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पनि पूर्वराजाका गतिविधीमा आक्रोशित देखिन्छ । माओवादी केन्द्रकी सांसद रेखा शर्माले पूर्वराजा शाहलाई खुबी भए पार्टी खोलेर चुनाव जितेर आउन अन्यथा धेरै चुरीफुरी नदिन चुनौति दिनुभयो ।

    यस्तै पूर्वराजाका गतिविधिबाट त्रसित बनेको सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद रघुजी पन्तले पूर्वराजाले आँफुलाई साथ दिन आह्वान गरेजस्तै अन्य दलहरुले पनि निर्मल निवास घेर्न आह्वान गरे अवस्था के हुन्छ ? भन्ने चेतावनीसहितको प्रश्न गर्नुभयो ।

    प्रतिनिधीसभासँगै यो विषय राष्ट्रिय सभामासमेत उत्तिकै चासोका साथ प्रवेश पाएको छ। राष्ट्रिय सभा सदस्य बामदेव गौतमले केहिदिन अघि पूर्वराजा शाहलाई फेरी राजा बन्ने सपना त्यागेर आँट भए दल खोलेर चुनावबाट जितेर आउन चुनौति दिनुभयो ।

    यता फेरी गत बुधबारको ¥यालीमा देखिएको सहभागीतामा हौसिएको राप्रपा भने फागुन २५ गतेका लागी आयोजना गरेको खबरदारी सभालाई पूर्वराजाको स्वागत सभामा परिणत गरेको छ।

    दैनिक रुपमा विभिन्न स्थानमा प्रदर्शन र गतिविधिलाई तिब्र पारेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हिजो पत्रकार सम्मेलन नै गरेर पूर्वराजा २५ गते पोखराबाट काठमाडौं फर्किँदा स्वागतका लागि विमानस्थल उपस्थित हुन आह्वान गर्नुभयो ।

    यता संसद र दलहरु मात्रै नभै पूर्वराजाको गतिविधीसँगै जनमानसमा बढेको आकर्षणले झस्किएको सरकारसमेत त्रसित बन्दै गएको देखिन्छ। आफ्नै पार्टीका कार्यकर्ताहरू नै पूर्वराजाको गतिविधिमा सहभागी हुन थालेपछि चिन्तित कांग्रेस एमाले सम्मीलित केपी ओली नेतृत्वको वर्तमान सरकारले शाहका गतिविधिलाई नियन्त्रणका उपाय र विकल्पबारे छ्लफलमा जुटेको छ।

    गत बुधबार बसेको मन्त्रिपरिषद बैठकमा विपक्षी दलहरूको समेत साथ लिएर पूर्वराजाको गतिविधि निर्मल निवासमै सीमित गर्नेसम्मको योजना बनाएको सरकारलाई सुरक्षा निकायका उच्च अधिकारीहरूले त्यो हदसम्मको कदम चाल्न उपयुक्त नहुने सुझाव दिएपछी विकल्पका विषयमा आन्तरीक छलफल तिब्र पारेको छ।

    उता राजाका पक्षमा घुँडा धसेर हिँडेका दुर्गा प्रसाईंले सरकारले पूर्वराजालाई नियन्त्रणमा लिएर नजरबन्दमा राख्ने र आँफुलाई पुनःझुटा मुद्धा लगाई पक्राउ गर्ने तयारी गर्दै गरेको सुचना पाएको भन्दै हिजो विज्ञप्ती नै जारी गर्नुभएको छ।

    यता प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, तथा नेताहरुका पछिल्ला भाषण तथा सम्बोधन प्राय पूर्वराजालाई कटाक्षै केन्द्रित देखिन्छन् । गृहमन्त्री रमेश लेखकले एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै लोकतन्त्रको विकल्प कुनैपनि नरहेको भन्दै व्यवस्था विरोधीहरु देश विरोधी रहेको टिप्पणी गर्नुभयो । उहाँले यो व्यवस्थाविरोधी देशविरोधी रहेको आरोप लगाउनुभयो।

    यस्तै पूर्वराजाको गतिविधिले संशकित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राजनैतिक परिस्थीति चुनौतिपूर्ण बन्दै गएको, आमजनताहरुमा असन्तुष्टि बढ्दै गएको र यही अवस्थामा इतिहासको रछ्यानमा पुगेकाहरु फेरी सलवलाएको भन्दै यसबाट सचेत हुन आग्रह गर्नुभयो ।

    नेपालबाट २०६२/२०६३ को परिवर्तनपछी २४० वर्ष लामो निरंकुश राजतन्त्र नामेट बनेर २०६५मा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो। गणतन्त्र स्थापनापछि अहिलेसम्म १३ वटा सरकार बने। ती सरकार देश र जनताको प्राथमिकताभन्दा पनि व्यक्तिगत सत्तास्वार्थमा चुर्लुम्म डुबेका कारण आज देश र जनताको अवस्था दिनानुदिन झन्झन् दयनिय बन्दै गएको छ।

    अहिले फेरि गणतन्त्रवादी शक्ति कांग्रेस–एमाले र माओवादीबिच सम्बन्ध चिसिँदै गएको अवस्थामा ज्ञानेन्द्रको वक्तव्य अर्थपूर्ण मात्रै होइन सशंकितपूर्ण बनेको छ। लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन तसर्थ यसको रक्षाका लागी यीनै शिर्ष दल र नेतृत्व नै सचेत र जिम्मेवार बन्न जरुरी देखिन्छ। अन्यथा आम जनमानसमा उत्पन्न असन्तुष्टि यत्तिकै सेलाउँछ भन्न सकिँदैन ।।

     


    शुक्रवार, फाल्गुण २३ २०८१०८:२८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij