Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रतिक्रियावादी तत्वहरू सक्रिय हुन थालेको प्रचण्डको आरोप

प्रतिक्रियावादी तत्वहरू सक्रिय हुन थालेको प्रचण्डको आरोप

  • शुक्रवार, फाल्गुण २३ २०८१

  • 354
    SHARES

  • प्रतिक्रियावादी तत्वहरू सक्रिय हुन थालेको प्रचण्डको आरोप

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस भइरहेको बताउनुभएको छ ।

    आज तराई–मधेश अभियानका क्रममा सर्लाहीको मलंगवामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले पनि प्रतिक्रियावादी तत्वहरूले कुनै न कुनै रूपले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस गरिरहेको बताउनुभयो ।

    उक्त दुस्साहसविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष प्रचण्डले परिआएको खण्डमा काठमाडौंको सडकमा फेरि लाखौंको संख्यामा जनता उतार्ने चेतावनी समेत दिनुभएको छ ।

    यही जनमतका लागि जनशक्ति निर्माण गर्ने र आइप¥यो भने सडकबाट चुनौती दिने उद्देश्यले यो अभियान सुरु गरिएको बताउँदै अभियानबाट जनताले दिएको ऊर्जाले आफूहरूमा उत्साह थपिएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।


    शुक्रवार, फाल्गुण २३ २०८१०५:४५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij