काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गणतन्त्र नागरिक सर्वोच्चताको प्रतिक भएको बताउनुभएको छ । आज कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताउनुभएको हो ।
उहाँले अहिले आफूहरूले ठिक शासन प्रणाली ल्याएको बताउँदै त्यो लोकतान्त्रिक गणतन्त्र भएको स्पष्ट पार्नुभयो । कोही राजा हुने, कोही रैती हुनुपर्ने अवस्थाको अन्त्य भई नागरिक सर्वोच्चताको प्रणाली ल्याई जनताले शासन सञ्चालनको निर्णय गर्ने व्यवस्था स्थापित गरेको उहाँले दावी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देशका ९८ प्रतिशत स्थानमा विद्युत् पुगेको, ८७ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको बताउनुभयो । कर्णाली सम्भावना नै सम्भावनाको प्रदेश भएकाले अलपत्र आयोजनालाई तत्काल अगाडि बढाउने उहाँको भनाई छ ।
यस्तै प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पपीडितहरूलाई तत्काल राहत पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। आइतबार नै जाजरकोट, रुकुम पश्चिम र सल्यानमा कार्यालय स्थापना गरेर भूकम्प पीडितका लागि काम सुरु गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाउनुभयो ।