Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधी सभामा आज कसले के भने !

प्रतिनिधी सभामा आज कसले के भने !

  • शुक्रवार, फाल्गुण २३ २०८१

  • 491
    SHARES

  • प्रतिनिधी सभामा आज कसले के भने !

    काठमाडौं । नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले २०४६ सालमा भएको परिवर्तनपछि सरकारी निकायमा पुगेका जनप्रतिनिधिलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद आचार्यले २०४६ सालपछिका जनप्रतिनिधिको मात्रै सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठेको भन्दै जनप्रतिनिधिको मात्रै होइन राज्यका निकायमा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभयो ।

    यस्तै नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले हेमोफिलिया रोगीले प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।  प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँले रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गरी आफ्ना नागरिकको जीवन बचाइदिन सभामुखमार्फत सरकारसँग माग गर्नुभएको हो ।

    अपाङ्गता भएका व्यक्तिहरूले नियमित प्रयोग गर्नुपर्ने औषधि सम्बन्धित स्थानीय तह मार्फत् निःशुल्क उपलब्ध गराउने स्पष्ट व्यवस्था भए पनि औषधिको व्यवस्था नहुँदा बिरामीले असैह्य पिडा भोग्नु परेको सांसद गौतमले स्मरण गराउनुभयो ।

    यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सिनियर अतिरिक्त सचिव भएर पनि स्वास्थ्य मन्त्रालयको सचिव नबनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ माग्नु भएको छ। सांसद कार्कीले पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ? भन्दै महिलालाई सङ्ख्या पुर्याउनमात्र सांसद बनाइने गरिएको आरोप लगाउनुभयो । 
    यस्तै जनकपुरमै पांग्रा छोडेर बुद्ध एयरको जहाज काठमाडौं अवतरण गरेपछि प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले जाँचबुझ आयोग गठन गर्न माग गर्नुभएको हो । नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ लामु लामा तामाङले एउटा पांग्रा जनकपुरमै छुटेर आयो भन्ने सुन्दा यात्रुको मनमा भुइँचालो नै आएको बताउनुभयो । उहाँले रनवेबाट पांग्रा समयमै निकाल्दा अर्को खतरा टरेको बताउँदै उहाँले हवाई क्षेत्र बेवारिसे बनाएको विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।


    शुक्रवार, फाल्गुण २३ २०८१०२:५८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij