Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

  • बिहिवार, फाल्गुण २२ २०८१

  • 476
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

    बैठक दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    यसअघि हिजोको बैठकमा सरकारले संसद्को अधिवेशन नचलेका बेला ल्याएका ६ मध्ये ५ वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् ।

    भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन गर्ने दलसमेत विपक्षमा उभिएपछि सरकारले अरू ५ वटा अध्यादेशमात्रै अघि बढाएको हो ।

    प्रतिनिधिसभाले स्वीकृत गरेका ५ वटै अध्यादेशलाई आज राष्ट्रियसभामा अघि बढाउने सरकारको तयारी छ ।


    बिहिवार, फाल्गुण २२ २०८१०७:५७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij