Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

  • बुधवार, फाल्गुण २१ २०८१

  • 379
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दउँसो १ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले बैठकको सम्भावित कार्यसूची तयार गरे अनुसार आज भूमिसम्बन्धी बाहेक सरकारले ल्याएका अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुनेछ ।

    सत्तारुढ दलहरुले अध्यादेश स्वीकृतिका लागि आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् । प्रतिनिधिसभामा काँग्रेसका ८८ र एमालेका ७८ सांसद छन् । भूमिसहित ६ अध्यादेश राष्ट्रपतिबाट जारी भएको एक महिना बित्दा पनि सरकारले स्वीकृतिका लागि संघीय संसद्का दुवै सदनको कार्यसूचीमा राख्न सकेको थिएन ।

    प्रतिनिधिसभामा काँग्रेस–एमालेको बहुमत भए पनि राष्ट्रिय सभामा भने सत्तारुढ गठबन्धन अल्पमतमा छ । राष्ट्रिय सभामा निर्णायक हैसियतमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन शर्त राखेपछि सरकारलाई समस्या परेको हो ।

    यस्तै संघीय सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को अडान पनि सरकारको पक्षमा छैन । राष्ट्रिय सभामा एक सिटको प्रतिनिधित्व रहेको लोसपाले पनि जसपा नेपालले जस्तै भूमि अध्यादेश फिर्ता गर्नुपर्ने अडान लिएको छ । सरकारले ल्याएका अध्यादेश प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    अध्यादेश स्वीकृतिका लागि एक पटक प्रतिनिधिसभाको कार्यसूचीमा राखिएपनि राष्ट्रिय सभामा पास हुने नदेखिएपछि सरकारले भने अनुसार सभामुख देवराज घिमिरेले कार्यसूचीबाट हटाउनु भएको थियो ।

    सरकारमा सहभागी दल र सरकारलाई समर्थन गरेका दलले भूमिसम्बन्धी अध्यादेशमा विरोध जनाएपछि अन्य पाँच वटा अध्यादेश मात्रै आज संसदमा पेस हुन लागेको हो ।


    बुधवार, फाल्गुण २१ २०८१०८:५०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij