Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

१२ रुपैयाँ ७५ पैसाले बढ्यो खाना पकाउने ग्यासको मुल्य

१२ रुपैयाँ ७५ पैसाले बढ्यो खाना पकाउने ग्यासको मुल्य

  • मंगलवार, फाल्गुण २० २०८१

  • 1.0K
    SHARES

  • काठमाडौं । ग्यास सिलिण्डरको मूल्य बढ्ने भएको छ । नेपाल सरकारले ग्यास उद्योगीको आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रति सिलिण्डर ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसाले बढाउने सहमति भएको छ ।

    आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितको सरकारी वार्ता टोली र एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूबीच छलफल गर्दै ग्यास उद्योगीहरूको आन्दोलन फिर्ता गर्ने सहमति भएको हो ।

    माघ २४ गते संघले बुझाएको १९ बुँदे ज्ञापन पत्रमाथि निगम सञ्चालक समितिको १८ गतेको बैठकले ग्यास उद्योगहरूको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको प्रति सिलिण्डरमा मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

    निगम सञ्चालक समितिको निर्णयसँगै ग्यास उद्योगीले १९ बुँदे ज्ञापनपत्र पेस गरेर गर्दै आएको आन्दोलन फिर्ता गरेका छन् । उद्योगीहरूको आन्दोलनको कारण बजारमा देखिएको ग्यासको अभाव अब अन्त्य हुने भएको छ ।


    मंगलवार, फाल्गुण २० २०८१०५:४६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij