Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

योजना छनोट गर्दा ध्यान दिन उपप्रधानमन्त्री सिंहको आग्रह

योजना छनोट गर्दा ध्यान दिन उपप्रधानमन्त्री सिंहको आग्रह

  • मंगलवार, फाल्गुण २० २०८१

  • 364
    SHARES

  • योजना छनोट गर्दा ध्यान दिन उपप्रधानमन्त्री सिंहको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजनाहरू माग गरे सहज हुने बताउनुभएको छ।

    नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूका लागि आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।

    उपप्रधानमन्त्री सिंहले योजना छनौट निश्चित विधि हुने भन्दै त्यसलाई ध्यान दिएर योजना माग गर्नुपर्नेमा जोड दिदैं बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति, जनप्रतिनिधि सबैको राय सुझाव समेटेर छलफलबाटै नयाँ योजनाहरू छनौट हुने बताउनुभयो ।

    पछिल्लो समय सरकार अस्थिर बनेपछि नागरिकले स्थिरता खोजेकाले अहिले कांग्रेस र एमालेसहितका अरू दल मिलेर राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन सरकार बनेको बताउँदै उहाँले सरकारमा रहेर विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै नागरिकको चाहनाअनुसार काम अघि बढाइरहेको दाबी गर्नुभयो ।


    मंगलवार, फाल्गुण २० २०८१०५:३६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij