Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस र एमालेद्धारा सांसदलाई ह्विप जारी

कांग्रेस र एमालेद्धारा सांसदलाई ह्विप जारी

  • मंगलवार, फाल्गुण २० २०८१

  • 433
    SHARES

  • कांग्रेस र एमालेद्धारा सांसदलाई ह्विप जारी

    काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ । भोली दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ ।

    अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो । 

    यता नेकपा एमालेले पनि आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा संसदमा उपस्थित हुन ह्विप जारी गरेको छ ।

    सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसद्मा पेस गर्दैछ । जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ ।


    मंगलवार, फाल्गुण २० २०८१०४:२१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij