काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सञ्चालनमा रहेका पानी जहाजबारे जिज्ञासा राख्नुभएको छ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बोल्दै उहाँले यो विषयमा पानी जहाज कार्यालयका अधिकारीहरूसँग जवाफ माग गर्नुभएको हो ।
समितिमा पानी जहाज एन संसोधन विधेयकमाथि छलफल चलिरहेको छ । विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजबारे चर्चा गर्दै ‘टिकट काट्न’ भनेको स्मरण गर्दै श्रेष्ठले त्यो बेला काटेको टिकटको भ्यालिडिटी बाँकी छ कि छैन ?, भनेर प्रश्न गर्नुभएको छ ।
पछिल्लो समय पानी जहाज कार्यलय भने स्थापना भएको छ । सरकारले पानी जहाज संचालन सम्बन्धी ऐन संसोधन गर्न लागेको छ । यो विधेयक भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले १ पुस २०८१ मा राष्ट्रिय सभामा दर्ता गर्नुभएको थियो । २७ माघमा सामान्य छलफल भएपछि यो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा आएको हो ।