काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्न खोज्ने प्रवृत्तिलाई चिर्दै अघि बढ्ने बताउनुभएको छ।
आज काठमाडौंमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले गरेको ‘नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोह’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्ने प्रवृत्तिलाई चिर्दै मुलुकको विकास र समृद्धिको बाटोमा अघि बढ्ने बताउँदै विरोधका लागि विरोध गर्ने प्रवृत्ति देखिएको र राम्रो काम गर्न नरोकिने बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री ओलीले हिमाल पग्लिएर मानवीय सभ्यता नै प्रभावमा पर्न थालेको सन्दर्भमा हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणाका साथ सहकार्य गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।