काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तथाकथित दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्नुभएको छ ।
आज नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई तिहाइको अहंकार गर्ने सरकारले सदन खुल्नुअघि नै अध्यादेश ल्याउनु गलत भएको बताउनुभयो ।
अध्यादेश पास हुने स्थिति आफुले नदेखेको बताउँदै उहाँले अध्यादेश पारित गराउनका लागि सरकारले अनेक हत्कण्डा अपनाएको आरोप समेत लगाउनुभयो । अध्यक्ष प्रचण्डले करोडौँको चलखेल हुन थालेको भन्ने कुरा सुन्नमा आएको भन्दै सरकारले अलोकतान्त्रिक पद्धतीबाट अध्यादेश पारित गराउन खोजे त्यसको परिणाम सकारात्मक नआउने बताउनुभयो ।
त्यसैगरी प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा हुने बताउनुभएको छ । सरकारले गरिरहेका कामहरू गलत रहेको र यो जनताले यो बुझिराखेको बताउँदै प्रचण्डले सत्तारुढ दलभित्रै समेत असन्तुष्टि रहेको बताउनुभयो ।