Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

भुमिबाहेक पाँच वटा अध्यादेश संसदमा पेस गर्ने तयारी

भुमिबाहेक पाँच वटा अध्यादेश संसदमा पेस गर्ने तयारी

  • मंगलवार, फाल्गुण २० २०८१

  • 315
    SHARES

  • भुमिबाहेक पाँच वटा अध्यादेश संसदमा पेस गर्ने तयारी

    काठमाडौं । सरकारल भोलीे बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा ५ वटा अध्यादेश पेस गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले माघ २ गते जारी गरेको भूमिसम्बन्धी अध्यादेश भने तत्काल अघि नबढाइने भएको छ । भूमिबाहेक अन्य ५ वटा अध्यादेश दुवै सदनमा पेस गर्ने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभयो ।

    जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी पनि भूमिसम्बन्धी अध्यादेशबाहेक अरू अगाडि बढाउन सहमत भएपछि ५ वटा अध्यादेशलाई अघी बढाउने तयारी गरिएको घिमिरेले बताउनुभयो । तर भूमिसम्बन्धी अध्यादेश अगाडि बढाउने विकल्पमा छलफल हुन बाँकी रहेको उहाँको भनाई छ ।

    सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश संसद्मा पेस गर्न लागेको हो ।

    सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरिरहेका छन् । तर सरकारले अध्यादेश संसदबाट जसरी पनि पारित गराउने प्रयास गरिरहेको छ । अध्यादेश जारी गरेपछि संसद् अधिवेशन सुरू भएको ६० दिनभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित गर्ने ६० दिन चैत १७ गते पुग्दैछ ।


    मंगलवार, फाल्गुण २० २०८१०१:४१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij