काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जो सुकैसँग पनि जुध्न आफू तयार रहेको बताउनुभएको छ । वर्तमान सरकारले विभिन्न विषयमा भ्रम छरिरहेको उल्लेख गर्दै उहाँले बुँदागत रुपमा त्यसको खण्डन समेत गर्नुभएको छ ।
मेयर साहले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफु प्रधानमन्त्रीको दुस्मन नभई विकासको साझेदार भएको बताउनुभएको छ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाए पनि आफ्ना नियतमा फरक नपर्ने मेयर साहको प्रतिक्रिया रहेको छ ।
आफू सुशासनका लागि कुनै सम्झौता नगर्ने बताउँदै बालेनले महानगरलाई जतिसुकै नाकाबन्दी लगाएपनि नियतमा फरक नपर्ने र सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार रहेको बताउनुभएको हो ।