काठमाडौं । माओवादी केन्द्रका नेता रामनारायण बिडारीले देशमा देखिएको समस्याको मुल जड नै राजनीतिक दल भएको बताउनुभएको छ ।
देश र जनताका लागि काम गर्न भनेर निर्वाचित प्रतिनिधिहरुले पहिला आफूलाई, आफ्नालाई र वरपरकालागि काम गरेको आरोप लगाउँदै नेता बिडारीले नेताले जनताका लागि कहिले पनि नसोचेको दाबी गर्नुभयो ।
जुन सरकार आए पनि जनताको अवस्थामा कहिल्यै सुधार नआएको र नआउने पनि उहाँको तर्क रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले स्वास्र्थ प्राप्तीबाहेक अन्यन्त्र नेताहरुको ध्यान नै नभएको समेत स्पष्ट पार्नुभएको छ ।
भाषण ठुलाठुला गरेर सत्तामा पुगिसकेपछि जनता र उनिहरुका पिडा देख्न गाह्रो हुने भन्दै व्यङग्य गर्नुभयो । जनमुखि बनेका नेताहरु जनमुखी हुन भने नसकिरहेको उहाँको टिप्पणी छ ।
यस्तै उहाँले वर्तमान सरकारबाट विकाश, संवृद्धि र सुशासनको आसा गर्न नसक्नेसमेत बताउनुभएको छ ।