काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसद्मा दर्ता नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी अध्यादेश खतरनाक रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै राउतले यसका गम्भीर प्रावधान संशोधन गर्न आह्वान गर्नुभएको हो ।
उहाँले सशस्त्र प्रहरीलाई संघीय सरकार, नेपाल प्रहरीलाई प्रदेश र ट्राफिक प्रहरीलाई स्थानीय सरकार मातहत राख्नुपर्ने धारणा राख्नुभएको छ । नेपाल सशस्त्र बललाई संघीय सरकार मातहत, नेपाल प्रहरीलाई प्रदेश सरकार मातहत र ट्राफिक÷सामुदायिक÷नगर प्रहरीलाई स्थानीय सरकार मातहत स्पष्ट रूपले राख्नुपर्ने राउतको भनाई छ ।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा पेस गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी अध्यादेशमा सांसदहरूले ६४÷६४ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । केही दिनभित्रै विधेयकमाथि दफावार छलफल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१, संसदमा पेश भई संसदीय प्रक्रियामा प्रवेश गरेको छ।