Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

नो केबलकार समुहलाई वार्तामा आउन गृहमन्त्रीको आग्रह

नो केबलकार समुहलाई वार्तामा आउन गृहमन्त्रीको आग्रह

  • आइतवार, फाल्गुण १८ २०८१

  • 461
    SHARES

  • नो केबलकार समुहलाई वार्तामा आउन गृहमन्त्रीको आग्रह

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएका स्थानीयहरूलाई वार्तामा आउन आह्वान गर्नुभएको छ । आज राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केवलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गर्नुभएको हो ।

    केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिदैं गृहमन्त्री लेखकले जनतालाई अनुभूत हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको उल्लेख गर्नुभयो ।

    त्यसैगरी गृहमन्त्री लेखकले सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ।

    त्यसैगरी उहाँले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने भन्दै भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताउनुभयो ।


    आइतवार, फाल्गुण १८ २०८१०३:०२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij