Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

युवाको विकासले मात्रै देश विकास हुन्छ - प्रधानमन्त्री ओली

युवाको विकासले मात्रै देश विकास हुन्छ - प्रधानमन्त्री ओली

  • आइतवार, फाल्गुण १८ २०८१

  • 391
    SHARES

  • युवाको विकासले मात्रै देश विकास हुन्छ - प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासमा हरसम्भव सहयोग गर्न सरकार कट्टीबद्ध रहेको बताउनुभएको छ।

    आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय सेवा दलको १९ औं सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाको विकासले मात्रै देश विकास हुने भएकाले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टीबद्ध रहेको बताउनुभएको हो ।

    कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओेलीले चन्द्र र सूर्य अंकित झण्डाप्रति अनुशासित भई शिरोपर गर्न सक्ने युवाहरूको खाँचो राष्ट्रलाई रहेको बताउनुभयो । राष्ट्रिय सेवा दल कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको भन्दै यसमा सहभागीहरूको संख्या बढाउनुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

    सर्वाेत्कृष्ट समाज निर्माणका लागि युवा अवस्थामा नै आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै राष्ट्रप्रतिको कर्तव्य बुझ्ने नागरिक बन्ने कार्य पनि शुरु गर्नुपर्ने बताउँदै उहाँले अरूलाई छिर्के लगाएर नभई स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गर्नुभयो ।


    आइतवार, फाल्गुण १८ २०८१०२:१४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij