Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

एक चीन नीति र चीनको सुरक्षा चासोमा कांग्रेस नेताहरूको प्रतिबद्धता

एक चीन नीति र चीनको सुरक्षा चासोमा कांग्रेस नेताहरूको प्रतिबद्धता

  • शनिवार, फाल्गुण १७ २०८१

  • 265
    SHARES

  • एक चीन नीति र चीनको सुरक्षा चासोमा कांग्रेस नेताहरूको प्रतिबद्धता

    काठमाडौं । चीन भ्रमणमा रहेका कांग्रेस नेताहरूले चीनको सुरक्षा चासो र एक चीन नीतिमा प्रतिबद्धता दोहोर्याएका छन् ।

    पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र देवराज चालिसेले सिचुवान प्रान्तको लेसान सीटीमा आयोजित कार्यक्रममा लिखित मन्तब्य राख्दै चीन नेपालको असल छिमेकी भएकाले उसको चासोका विषयमा नेपाल सरकार सदैव सचेत र सतर्क रहँदै आएको धारणा राख्नुभएको छ ।

    नेत्री कोइरालाले चीनले कला, संस्कृति, सम्पदा र पुरातात्विक महत्वका वस्तुको संरक्षणमा गरेको काम नेपालका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्पदा संरक्षणमा चीनको अनुभव र सहयोग लिन नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । नेता चालिसेले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले अतुलनीय विकास गरेको स्मरण गर्दै चीनको प्रगति नेपालका लागि पनि लाभदायक र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

    भ्रमण टोलीसँग लेसान सीटीको गुआनयिङ गाउँपालिकाका पदाधिकारीले पनि अन्तरक्रिया गरेका थिए । त्यसक्रममा स्थानीय नेताहरूले आफूहरूले पनि निर्णय प्रक्रियामा प्रजातान्त्रिक अभ्यास सुरु गरेको जानकारी गराएका थिए ।


    शनिवार, फाल्गुण १७ २०८१०७:१६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij