Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपतिको अपिल

राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपतिको अपिल

  • शनिवार, फाल्गुण १७ २०८१

  • 436
    SHARES

  • राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपतिको अपिल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनताका लागि धेरै काम गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गर्नुभएको छ ।

    आज श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव २०८१ एवम् देवालय सराङकोट धामको उदघाट्न समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताउँदै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट मुलुकको आर्थिक विकास भएको स्पष्ट पार्नुभयो ।

    राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गर्नुभएको छ । देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो ।

    राष्ट्रपति पौडेलले २०४६ सालको परिवर्तनपछि गाउँ, गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता पूर्वाधार पुगिसकेको बताउँदै अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता भएको बताउनुभयो ।


    शनिवार, फाल्गुण १७ २०८१०५:४४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij